जापानको अर्थतन्त्रमा सकारात्मक संकेत, तीन वर्षदेखि निरन्तर उकालो

टोकियो । जापानको अर्थ मन्त्रालयले चालु खाता अधिकतम नाफामा रहेको जनाएको छ । आर्थिक वर्ष २०१६ मा चालु खाता तेस्रोमुलुकसँगको व्यापारका आधारमा फाइदामा रहेको हो ।

मन्त्रालयका उच्च अधिकारीहरुले लगभग एक खर्ब ७६ अर्ब ७० करोड डलर नाफामा रहेको जनाएका छन् । अघिल्लो वर्षको तुलनामा यो २० अर्ब डलर बढी हो ।

यो लगातार तीन वर्षदेखि बढीरहेको मन्त्रालयले जनाएको छ । व्यापार मुनाफा करिब ५० अर्ब डलर रहेको छ ।

निर्यात मुल्य पनि विशेष रुपमा बढीरहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?