टोकियो । जापानको प्राविधिक क्षेत्रका करिब २० वटा कम्पनीहरुले वृहत्त फल–सब्जी उत्पादनका लागि किसानहरुलाई मद्दत गर्नका लागि योजना बनाएका छन् । धेरै जसो कृषकहरुले स्वचालित ट्याक्टर तथा पानीको तापमान नियन्त्रण गर्ने मेसिनको प्रयोग गर्ने गरेका छन् ।
अब एनटीटी, पानासोनीक, फुजित्सु लगायतका दुरसञ्चार कम्पनीहरुले इलेक्ट्रोनिक कम्पनीहरुसँगको सहकार्यमा कृषि उत्पादकत्व बढाउने कार्यमा सहयोग गर्ने तयारी गरेका छन् ।
शुक्रबार यी कम्पनीहरुले यस बारेमा साझा धारणा सार्वजनिक गरेका छन् ।
उनीहरुले माटोको भौगर्भिक अवस्था, पानीको तापमान लगायतका विषयलाई समायोजन गर्दै कृषकहरुलाई प्रत्यक्ष लाभ पुर्याउने योजना बनाएका हुन् ।