आबेको २५ मिनेटको टेलिफोन, जस्ले तेस्रो विश्वयुद्ध अन्त्य गराउने योजना बनायो

टोकियो । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मून जाए इन को हुन् र उनले उत्तर कोरियासँगको सम्भावित शान्ति वार्तालाई कसरी अघि बढाउलान्, अहिले यो विश्वव्यापी चासोकोविषय बनेको छ ।

जापान, चीनलगायतका देशका नेताहरुले उनलाई बधाई दिदै आफ्नो देशसँगको सम्बन्धमा थप सुधार हुने विश्वास व्यक्त गरेका छन् ।

जापानका प्रधानमन्त्री सिन्जो आबेले मूनसँग २५ मिनेट फोनमा कुराकानी गरेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आबेका वरिष्ठ सञ्चार सचिवले टेलिफोनसंवादबारे जानकारी दिए ।

कुराकानीका क्रममा उनीहरुले विगतमा दुई देशका बीचमा भएका नराम्रा घटनाहरुलाई भुलेर नयाँ तरिकाले सहकार्य र परिवक्व संवन्ध बनाउने बारेमा छलफल गरेका छन् ।
फोन वार्ताका क्रममा उत्तरकोरियाको आतंक अन्त्यका लागि सार्थक पहल थाल्ने सहमति पनि बनेको उनले जानकारी दिए । विश्व व्यापीरुपमा अहिले भनिएको संभावित तेस्रोविश्व युद्धको अन्त्य गराउनका लागि जापान र दक्षिण कोरियाले नै पहल गर्न सक्ने र यसका लागि नवनिर्वाचित राष्ट्रिपतिले उत्तरसँगकोसंवाद थालनी गर्ने सहमति समेत बनेको उनले बताए ।

त्यसैगरी चीनका राष्ट्रपति सि जिनपिङले पनि मूनलाई बिहीबार फोनगरी बधाई दिएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

दुई देशको कुटनीतिक संवन्धस्थापना भएको २५ बर्ष भएको र यस अवधिमा उल्लेख्य उपलब्धिहरु पनि भएको सिले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?