अमेरिकी गुप्तचरको रिपोर्टः उत्तरले अन्तरिक्षबाटै जापान र अमेरिकामा गर्न सक्छ आक्रमण

टोकियो । अमेरिकी गुप्तचर अधिकारीहरुले उत्तर कोरियाद्धरा अन्तरिक्षबाटै अमेरिका र जापानमा हमला हुन सक्ने आशंका जनाएका छन् । उत्तर कोरियाको पूर्ण सामरिक शक्ति विश्वजगतमा प्रष्ट नभए पनि उसका केही गतिविधि र चुहावट भएका केही सूचनाको आधारमा अमेरिकी गुप्तचरले यस्तो आशंका व्यक्त गरेका हुन् ।

कोरियाले इलेक्ट्रोनिक पल्स हतियारलाई अमेरिकाविरुद्ध प्रयोग गर्ने सम्भावना अत्यधिक रहेको जनाएको छ । यसका लागी तयारी भइरहेको र उत्तर कोरियाका दुई उपग्रहले अन्तरिक्षबाटै अमेरिका र जापानमाथि निगरानी गरिरहेको बताइएको छ ।

उत्तर कोरियाकाले सन् २०१२ र २०१६ मा अन्तरिक्षमा पठाइएका ती दुई उपग्रहले पृथ्वीको परिक्रमा ९४ मिनेटमै गर्न सक्छन् र त्यसलाई अन्तरिक्षमै हाइ अल्टिच्यूड परमाणु हतियार विस्फोट गराएर अमेरिकामाथि साइबर हमला गर्न सक्ने आशंका छ ।

उत्तर कोरियाले आफ्नो उपग्रहलाई परमाणु क्षेप्यास्त्रका रुपमा विकसित गरिरहेको अमेरिकाको होमल्याण्ड सेक्युरिटी र नेशनल इलेक्ट्रोनिक्स पल्स टास्क फोर्सका कार्यकारी निर्देशक डा. पिटर विनसेन्ट प्राइले बताए । सबै संचार उपकरणलाई ध्वस्त बनाएर हावी हुने प्रयासमा उत्तर कोरिया लागिरहेको उनको भनाइ छ ।

उत्तर कोरियाली नेता किम जोङ्ग उनको हत्या गर्ने योजना सीआइएले तयार पारेको समाचार प्रकाशमा आएपछि उत्तर कोरियाले पनि आक्रामक नीति अख्तियार गर्न थालेको पनि सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?