जापानमा फेरि एक नेपालीले गरे आत्महत्या, अन्तिम संस्कार जापानमै

टोकियो । पछिल्लोसमय प्रवासीहरुले आत्महत्या गर्ने दर बढीरहेको समाचार आइरहेका बेलाफेरि एक नेपाली युवालेआत्महत्या गरेका छन् । नाकानो स्कुल अफ बिजिनेस सेन्मोन गाक्कोउमा एईगो बिजिनेस दोस्रो बर्ष अध्ययनरत मुकेश थापा मगरले आत्महत्या गरेको पुष्टि भएको हो ।

डेढ महिना अघिमात्रै नेपाल गएर विवाह गरेर फर्किएका थापाले टोकियो नजिकै हाइजिमास्थित एक पार्कमा पासो लगाएर आत्महत्या गरेका थिए ।

उनले पार्कमा आत्महत्या गरेको देख्नेवित्तिकै शव जापान प्रहरीले नियन्त्रणमा लिएको थियो । शव पहिचानका लागि नेपाली समुदायमा प्रहरीले आग्रह गरेपछि मात्र थापाले आत्महत्या गरेको पुष्टि भएको उनका निकट साथी देवेन्द्र कुँवरले जानकारी दिए ।

थापाकोअन्तिम संस्कार जापानमै गरिने भएको छ । थापाको परिवारको सुझाव अनुसार नै उनको अन्तिम संस्कार जापानमा गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?