‘हरेक जापानी जनता उत्तर कोरियाको सामना गर्न तयार छन्’

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियाको भड्काउ नीतिको जापानी जनताले सामना गर्ने बताएका छन् ।
सोमबार संसदको माथिल्लो सदनमा बोल्दै प्रधानमन्त्री आबेले उत्तर कोरियाले विभिन्न बाहना बनाएर जापान र उस्का सहयोगि मित्रराष्ट्रहरुलाई धम्क्याइरहेको बताउँदै प्रधानमन्त्री आबेले यसको सामना गर्न आफुहरु तयार रहेको बताए ।
प्रधानमन्त्री आबेले उत्तर कोरियाको सम्भावित आक्रमणबारे आफुले अमेरिकीराष्ट्रपतिसँग गत हप्ता नै कुराकानी गरिसकेको बताउँदै यस बारेमा थप बोलिरहन नपर्ने बताए ।
प्रधानमन्त्री आबेले जापान, अमेरिका, दक्षिण कोरिया, चीन लगायतका देशहरुबीच नयाँ समझदारी बनेको बताउँदै मिसाइल प्रतिआफुहरु सावधान रहेको बताए ।

आबेले राष्ट्रिय सुरक्षा कानुन लागु भएपछि आतंकवाद र जधन्य गतिविधि निस्तेज हुने बताउँदै अमेरिका, रुस, चीन लगायतका छिमेकीहरुले जापानसँगको सम्बन्धलाई थप बलियो बनाउन चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?