जापानसँग सधैं घाटा भएपछि निराश बनेका अमेरिकी मन्त्रीले दिए यस्तो अभिव्यक्ति

टोकियो । अमेरिकाका वाणिज्य मन्त्री विल्बर राँसले जापानसँगको व्यापार घाटाको आलोचना गरेका छन् ।
मार्च महिनाको डाटा जारी भए लगत्तै उनले जापानसँगको व्यापार घाटा हुनु भनेको अमेरिकी अर्थतन्त्र कमजोर हुनु भएको बताउँदै आलोचना गरेका हुन् ।

चीन अमेरिकाको व्यापार सन्तुलनका लागि सहज स्रोत बनीरहेका बेला जापानसँगको व्यापारमा अमेरिका निरन्तर घाटामा छ । मार्च महिनामा व्यापार घाटामा केही सुधार भने आएको छ ।

मार्चमा एक प्रतिशत व्यापार घाटा कम भएको जनाइएको छ । मार्चमा मात्रै ३१ अर्ब ४० करोड ३० लाख डलर व्यापार घाटा भएको छ ।

मन्त्री राँसले अब मेक्सीको र जापानसँगको व्यापार घाटा थेग्न नसकिने अवस्थामा पुगेकाले सन्तुलन मिलाउन जरुरी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?