जापानी नागरिकको सहयोगमा पाल्पाको दुर्गम क्षेत्रमा बन्यो विद्यालय भवन

पाल्पा । जापानी नागरिकको सहयोगमा पूर्वखोला गाउँपालिका– १ सानो गल्धामा विद्यालय भवन निर्माण गरिएको छ ।

जापानका नागरिक काजुमासा काकिमि (ओकेबाजे) को आर्थिक सहयोगमा सानो गल्धामा रहेको मदनआश्रित आधारभूत विद्यालयको ६ कोठे पक्की भवन निर्माण गरिएको हो ।

विद्यालयको भवन निर्माणका लागि सहयोगदाता ओकेबाजेले रु १८ लाख, साविक सिलुवा गाविसबाट विनियोजित रु दुई लाख, शान्तिका लागि विकास मन्त्रालयबाट रु एक लाख, स्थानीयवासीको रु ५१ हजार बराबरको श्रमदान, रु आठ लाख ५० हजार ऋण गरी जम्मा रु ३० लाख ५५ हजार ७८७ को लागतमा भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर हिस्कीले जानकारी दिए ।
विद्यालयमा नयाँ भवन निर्माण भएपछि नयाँ शैक्षिक सत्र सञ्चालन गर्न सजिलो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?