गोल्डेन विकका कारण जापानमा ४७ किलोमिटर लामो जाम !

टोकियो । गोल्डेन विकलाई जापानमा राष्ट्रिय विदाका रुपमा लिइन्छ । गत बुधबारबाट सुरु भएको गोल्डेन विकका कारण जापानमा आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ ।
आन्तरिक पर्यटकका कारण विमानस्थल र रेल मार्गहरुमा टिकट अभाव भएको छ भने राजमार्गहरुमा लामो जाम भएका छन् ।

सोमबार जापानको सञ्चार माध्यम एनएचके न्युजले मध्यपूर्वी जापानको एक राजमार्गमा कम्तिमा ४० किलोमिटर लामो जाम परेको जनाएको छ । यस्तै इबरकी प्रान्तमा पनि ४७ किलोमिटर लामो जाप परेको सञ्चारमाध्यमले जनाएका छन् ।

टोकियोबाट पर्यटकीय सहर ओसाकाजाने सबै यातायातका साधनहरुको टिकेट सकिएको जनाइएको छ । बुकीङ हुन बाँकी टिकटहरुको विक्री दल पनि अध्याधीक बढेको छ ।

जपानका आन्तरिक उडानहरु ९० प्रतिशत व्यस्त भउका छन् भने आगामी हप्तासम्म व्यस्त रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?