बेलायत पुगेका जापानी प्रधानमन्त्री आबेले भने–उत्तर कोरिया विश्वकै लागि गम्भिर खतरा

लन्डन । जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तरी कोरियाले हालै गरेको व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण पूर्णरुपमा अस्वीकार्य भएको बताएका छन् । लन्डनको भ्रमणमा रहेका आबेले उत्तर कोरिया एक गम्भीर खतरा भएको बताए ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदम चाल्नुपर्ने बताएको केही समयपछि नै उत्तर कोरियाले पुनःएउटा व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

तर उक्त परीक्षण सफल भने हुनसकेन् । यसअघि यसै महिनामा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण पनि विफल भएको थियो ।

यसप्रकार बारम्बार गर्ने क्षेप्यास्त्र परीक्षण जापानको लागि पनि खतरा भएको आबेले बताए । उत्तर कोरियाको यस प्रकारको कार्यबाट विश्वको शान्ति र स्थायित्वमा नै गम्भीर सङ्कट आउने उनले रसिया र बेलायतको तीन दिने भ्रमणको अन्तिम दिन बताएका हुन् ।

आफ्नो देशलाई दिएको यस चुनौतीलाई पूर्णरुपमा अस्वीकार गर्ने र यस्ता कार्यको कडा निन्दा गर्ने उनले बताए ।

यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले पनि उत्तर कोरियाले बारम्बार गरेको परमाणु र क्षेप्यास्त्र परीक्षणले एउटा ठूलो द्वन्द्व निम्त्याउने चेतावनी दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?