सुनामीमा क्षतिग्रस्त स्कूल ७ वर्ष पछी सर्वसाधारण लागि खुल्ला

जापान। सन् २०११ को सुनामीमा भत्किएको एउटा स्कूल सर्वसाधारणको लागि सुचारुमा आएको छ । मियागी  क्षेत्रमा रहेको आराहामा स्कूलको दोस्रो तल्लासम्म सुनामीले क्षति पुर्याएको थियो ।

त्यतिवेला स्कूलमा रहेका सबै विद्यार्थीहरुलाई सकुशल उद्दार गरिएको थियो भने स्कूल आसपासका क्षेत्रमा २०० भन्दा बढी मानिसहरुको मृत्यु भएको थियो ।

सुनामी पछी क्षतिग्रस्त स्कूलको भवन प्रदशनीको लागि राखिएको थियो । अहिले भने स्कूललाई भूकम्प प्रतिरोधी बनाईएको छ । सुनामी जाँदा पनि स्कूलमा रहेका विद्यार्थीहरु कसरि बाँच्न सफल भए भनेर त्यतिवेलाको भिडियोबाट धेरैले जानकारी प्राप्त गरेका थिए ।

योकोहामाकि ६८ वर्षीय वृद्द महिलाले आफ्नो अनुभव बताउँदै भनेकी छिन्- सुनामीको कारणले क्षतिग्रस्त भएको स्कूलको भ्रमण गर्दा आफुहरुलाई प्राकृतिक प्रकोप आउनु अघि धेरै सचेत हुनुपर्ने कुरामा ज्ञान प्राप्त भएकोछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?