उत्तरले परमाणु आतंक मच्चाए पछि जापानमा एयर प्युरीफायरको हाहाकार

टोकियो । उत्तर कोरियाले क्षेप्यास्त्र आक्रमण गर्नसक्ने अनुमानका बीच जापानमा एयर प्युरीफायरको माग ह्वात्तै बढेको छ ।
जापान सरकारले उत्तर कोरियाको आणविक आक्रमणबाट बच्नका लागि सचेत रहन आफ्ना नागरिकहरुलाई आग्रह गरिरहेका बेला वायु प्रशोधक यन्त्रको किनबेच बढेकोहो ।

घरको तल्लो तलामा बाहिरको हावा अन्त कतैबाट नछिर्नेगरियोमेसीन जडान गरिन्छ । यो मेसीन मार्फत विकिरण रपरमाणुरहित हावा मात्रै पासहुने गर्दछ ।

गत वर्षहरुमा यो यन्त्र जापानमा बढीमा छ वटा सम्म विक्री हुने गरेकोमा यो महिना एकै पटक सयौंले अर्डर गरेको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।

जापानमा यो यन्त्र बेच्ने ओरिबे सेकी सेसेकुशो कम्पनीले हालमा दैनिक ५० भन्दा बढी एयर प्यूरीफायर मेसीन बेच्न थालेको थनाएको छ । यी मेसीनहरु स्विजरल्याण्डमा निर्माण गरिएका हुन् ।

६ जना परिवारका लागि हावा शुद्ध गर्ने प्यूरीफायरको लागत मूल्य ५ हजार ६ सय ३० डलर पर्दछ भने १३ जनाको लागि २ लाख २७ हजार २ सय १० पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले अर्डर अनुसारको सामान दिन नसकेको जनाउँदै माग अत्याधीक बढेकाले धान्न समस्या भैरहेको जनाएको छ । उस्ले जापानी नागरिकको सेवाका लागि स्विजरल्याण्डबाट मेसीन छिटो ल्याइनेपनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?