उत्तर कोरियाको चौतर्फी दवाव, जापान, अमेरिका र दक्षिण कोरिया सामुहिक बैठक बस्दै

जापान । जापान, अमेरिका र दक्षिण कोरियाका विदेश मन्त्रीहरु विच भेटवार्ता हुने भएको छ ।  उत्तर कोरियाको पछिल्लो हातहतियार परिक्षण, प्रदशन लगायतका गतिविधि बारे सामुहिक निर्णय लिनको लागि अप्रिल महिनाको अन्त्य तिर वार्ता हुन लागेको हो ।

जापानी विदेशमन्त्री फुमियो किशिदा, अमेरिकी राज्यका सचिव रेक्स टिल्लरसन र दक्षिण कोरियाका विदेश मन्त्री युन ब्युंग से विच न्युयोर्कमा बैठक हुने भएको हो । उत्तर कोरियाको प्योङयाङमा प्रदशन गरिएको अत्याधुनिक मिसाईल, ब्लास्टिक मिसाईलहरुले मानिसहरुमा चिन्ता थपेको भन्दै उत्तर कोरियाको यस्ता गतिविधिहरुलाई रोक्नको लागि के कस्ता रणनीतिहरु अवलम्बन गर्न सकिएला भन्ने बारेमा बैठकमा छलफल गरिने बताईएको छ ।

युनाईटेड नेशन काउन्सिलको बैठकमा समेत उत्तर कोरियाको हतियार प्रदशनलाई प्रमुख एजेन्डामा राखिएको थियो ।  त्यो बैठक बारे तीन देशका वरिष्ठ अधिकारीहरु विच मंगलवार टोक्योमा विस्तृत रुपमा छलफल हुने जनाईएको छ ।

त्यसै क्रममा जापानी विदेशमन्त्री किशिदाले चीन उत्तर कोरियाको आर्थिक तथा व्यापारिक मुनाफाको प्रमुख कारक भएकोले उत्तर कोरियासंग चीनले विस्तृत रुपमा छलफल राख्न सक्ने विचार व्यक्त गरेका छन् ।

युनाईटेड नेशनको सुरक्षा परिषदको बैठकमा चीनसंग उत्तरकोरियाको गतिविधिहरुलाई रोक्न पहल गर्नको लागि अनुरोध गरिने किशिदाले बताएका छन् ।

उत्तर कोरियालाई दवाव दिन एयरक्राफ्ट क्यारिएर तथा अत्याधुनिक पानिजाहजहरु उत्तर कोरियाको आसपास लगिने अमेरिकाले बताएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री टर्नबल संग सामुहिक पत्रकार सम्मेलन गर्दा अमेरिकी उपराष्ट्रपति माईक पेन्सले सो कुरा बताएका हुन्  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?