जापानी सम्राट अकिहितोको अवकास पक्का, अब पाउनेछन् यस्ता सुविधा

टोकियो । एक सरकारी सल्लाहका समितिले सम्राट अकिहितोको गद्दी त्याग गर्ने बारेको कानुनलाई अन्तिम रुप दिएको छ ।
जसमा करिब दुई सय वर्षपछि सिंहासन त्याग गर्ने पहिलो जीवित सम्राटका रुपमा ८३ वर्षीय अकिहितो रहेने छन् । यस बारेमा बनाइएको कानुनले अब पुर्ण रुप पाएको छ ।

प्रधानमन्त्री कार्यालयमा शुक्रबार आयोजित समितिको १४ औं बैठकको दौरानमा गद्दी त्याग बारेमा बनेको कानुनलाई अन्तिम रुप दिने सहमति भएको हो ।

कानुनमा सम्राटले अवकास पाइसकेपछि पाउनेसेवा सुविदा, उनको हैसियत, स्वास्थ्योपचार लगायतका विषय उृल्लेख छ । प्रधानमन्त्री सिन्जो आबेले सेवा सुविधामा कुनै कमी नआउनेगरि कानुन बनाउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?