नेपाली सहित १२ देशका नागरिकलाई टोकियोमा नयाँ सुविधा, महानगरले परामर्श सेवा विस्तार गर्ने

टोकियो । जापान अहिले विश्वकै आकर्षणको केन्द्र बनेको छ । यहाँको स्वच्छ पर्यावरण, औद्योगिक क्रान्ति र तिब्र आर्थिक विकासका कारण जापान आउने विदेशीहरुको संख्या पनि उल्लेख्य बढेको छ । पर्यटकका रुपमा जापान आउनेहरुको संख्या पनि बढीरहेको छ भने कामदारका रुपमा र अध्ययनका लागि जापान आउनेहरुको संख्या पनि वर्षेनी बढीरहेको छ ।

यस्तोमा जापानी भाषको ज्ञान नभएका विदेशीहरुलाई केही प्रशासनीक झण्झटहरु आउने गरेका छन् । यही समस्यालाई मध्यनजर गर्दै जापान सरकारले विदेशीहरुलाई नयाँ तरीकाले परामर्श दिन थालेको छ ।

जापानको राजधानी टोकियोस्थित शिन्जुकूमा जापानी भाषा बुझ्न समस्या पर्ने विदेशीहरुका लागि सम्बन्धीत देशको भाषाकै माध्यमबाट परामर्श थालिएको हो ।

विभिन्न १२ देशमा बोलिने भाषामा परामर्श दिने व्यवस्था गरिएको छ । नेपाली सहित विभिन्न देशका विदेशीहरुका लागि हप्तामा एक पटक योसेवा उपलब्ध छ ।

अप्रिल पहिलो साता सम्ममा यो केन्द्रबाट करिब ४१ हजार विदेशीले सेवा लिइसकेको टोकियो महानगरले जनाएको छ । महानगरले आफुहरुको अभियान सफल हुँदै गएकाले आगामी दिनमा परामर्श सेवालाई थप विस्तार गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?