अमेरिकी उपराष्ट्रपति जापान भ्रमणमा आउँदै

जापान । अमेरिकाका उपराष्ट्रपति माईक पेन्स मंगलवार जापान भ्रमणमा आउने भएका छन् । दक्षिण कोरियामा रहेका माईक सिओलबाट आज नै जापान आउने भएका हुन् ।

जापानमा रहँदा उनले जापानी प्रधानमन्त्री शिन्जो आवे संग भेटवार्ता गर्नेछन् । साथै जापानी उपप्रधानमन्त्री तथा अर्थमन्त्री तारो आसोसंग दुई देशका आर्थिक नीति र योजनाहरु बारे छलफल हुने जनाईएको छ ।
उत्तर कोरियाको पछिल्लो गतिविधिको क्रममा अमेरिकी उपराष्ट्रपतिको जापान भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सोमवार अमेरिकी उपराष्ट्रपति उत्तर कोरिया र दक्षिण कोरिया छुट्टिने सिमाना अर्थात पानमुन्जोम क्षेत्रको भ्रमण गरेका थिए । त्यस लगत्तै उनले दक्षिण कोरियाका कार्यकारी राष्ट्रपति ह्वांग क्योहनसंग पनि भेट गरेका थिए ।

कोरिया भ्रमणको क्रममा उनले शान्ति र सुरक्षाको लागि अमेरिका र दक्षिण कोरियाविच सहकार्य हुनुपर्ने कुरामामा उपराष्ट्रपति माईकले जोड दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?