तोसीवाको चिप बेच्न ३० खर्ब येन प्रस्ताव, टेण्डर घटाईंदै

टोकियो । जापानको सबैभन्दा ठुलो इलेक्ट्रिकल कम्पनी तोसीबाका कार्यकारी अधिकारीले चिप कारोबारका लागि टेण्डर दिने कम्पनीहरुको संख्या घटाउने योजनामा बनाएका छन् ।
तोसीबाले यो महिना आफ्नो चिप कारोबार अलग गरेको थियो । अमेरिकाको परमाणु उर्जा क्षेत्रमा तोसीवाको सहायक कम्पनी वेस्टिंग हाउसले लगानी गरेको थियो ।

तर, कम्पनी अत्याधीक घाटामा गएपछि तोसीवाले चिप विक्री बन्द गर्दै अरु कम्पनीहरुलाई ठेक्का दिएको थियो ।

२९ मार्च पछि कम्पनीको चिप विक्रीका लागि करिब दर्जन कम्पनीले आवेदन दिएका थिए ।

कम्पनी स्रोतका अनुसार यसमा सबैभन्दा बढी ३० खर्ब येन अर्थात् २७ अर्ब डलर सहितको सबैभन्दा ठुलो प्रस्ताव प्राप्त भएको थियो ।

तोसीवाले मे महिनाको मध्यसम्ममा कारोबारका लागि एक कम्पनीलाई स्विकृत गर्ने छ । यसमा अमेरिका र ताइवानका कम्पनीहरुले बढी इच्छा देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?