अब जापानकी यी चर्चित खेलाडी माओको खेल भिडियोमा मात्रै

टोकियो । फिंगर स्केटिङमा जापानकी चर्चित खेलाडी माओ आसादाले खेल जीवनबाट सन्यास लिने भएकी छिन् ।

उनले आगामी डिसेम्बरबाट सन्यास लिने घोषणा गरेकी हुन् ।

डिसेम्बरमा राष्ट्रिय स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने र त्यो नै आफ्नो अन्तिम खेल हुने उनले घोषणा गरेकी छिन् ।

आसादाले आफ्नो ब्लग मार्फत् सन्यासको जानकारी दिएकी छिन् । उनी जापानमा लामो समयदेखि फिंगर स्केटिङ खेलकी प्रमुख खेलाडीका रुपमा थिइन् ।

उनले सन् २०१० मा वेन्कुवर ओलम्पिकमा रजत पदक पाएकी थिइन् । उनले तीन पटक विश्व फिंगरस्केटिङ च्याम्पियनसिपमा पदक जितेकी छिन् ।

उनको सन्यास सँगै अब उनको खेलका अर्काइभ भिडियो मात्र देख्न पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?