जापानी प्रख्यात स्केटिङ खेलाडी आसादा द्वारा सन्यासको घोषणा

जापान । जापानकी प्रख्यात स्केटिङ खेलाडी माओ आसादाले डिसेम्बर महिनामा हुने राष्ट्रिय च्याम्पियनसिप स्केटिङ खेलकुद खेलिसकेपछी सन्यास दिने बताएकी छिन् । सोमवार आफ्नो बल्ग मार्फत आफ्नो सन्यास बारे धारणा सार्वजनिक गरेकी हुन् । असादा जापानकी प्रख्यात स्केटिङ खेलाडी हुन्  ।

सन् २०१० मा आयोजित ओलम्पिक खेलकुदमा उनले सिल्भर मेडल र विश्व स्तरीय स्केटिङ प्रतियोगितामा ३ पटक विजयी भएकी हुन् ।बुधवार पत्रकार सम्मेलन गर्दै आफ्ना समर्थकहरुलाई आसादाले आफ्नो खेल जीवनमा आफुलाई सहयोग गरेको धन्यवाद दिएकी छिन् । अन्तिम वर्षको च्याम्पियनसिप खेलमा आफ्नो खराब प्रदशन पछी आफुले सन्यास दिने निर्णय सम्म पुगेको आसादाले बताएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?