ओसाकामा भेला भएका दश देशका अर्थमन्त्रीहरुले यस कारण बनाए हाते साङलो

टोकियो । जापान र आसियान देशका मन्त्रीहरुले प्रस्तावित क्षेत्रिय मुक्त व्यापार सन्धीका लागि नयाँ नियम बनाउनुपर्नेमा जोड दिएका छन् ।

जापानका अर्थ मन्त्री हिरोशिगे सेको र दक्षिणपुर्वी एसियाली देशहरुकोसंगठन आसियानका दश सदस्य देशका अर्थमन्त्रीहरुको ओसाकामा वार्ता भएको थियो ।

अर्थ मन्त्रीहरुकाबीच भएको वार्तामा नयाँ व्यापार नीतिका लागि पहल गर्ने सहमति भएको छ । उनीहरुले शनिबार एक आपसमा हाते साङलो बनाउँदै आसियानमा नयाँ व्यापार नीति लागु गर्ने उद्घोष गरे ।

उनीहरुले हाते साङलो बनाएर प्रतिकात्मक रुपमा आसियानका देशहरुबीच नयाँ सहकार्य रएकता भएकोसन्देश दिइएको बताएका थिए । जापान, चीन, दक्षिण कोरिया लगायत १६ देश आसियानमा छन् ।

वार्तापछि जारी विज्ञप्तीमा मुक्त व्यापारका लागि पहल गर्ने र अधिकतम लाभ लिनका लागि सबै एकजुट हुने उल्लेख छ । यस्तै सम्पदाको संरक्षण र ऐतिहासिकताको प्रवद्धनका लागि पनि सहकार्यमा जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?