यसरी सुरु भयो सिसँग ट्रम्पको दोस्ती, अब जापान सहित त्रिदेशीय गठवन्धन

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरोधी आफ्नो भनाइ सच्चाएको मात्र बताएका छैनन्, चिनियाँ समकक्षी सी जिन पिङसँगको शिखर वार्तापछि आफुहरुबीच उत्कृष्ट सम्बन्ध रहेको बताएका छन् ।

फ्लोरिडाको मार–अ–लागो पर्यटनस्टलमा दुई नेताबीच भएको उच्चस्तरीय वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पसले चीनसँगको सम्बन्धमा ठूलो प्रगति हासिल भएको बताए ।

उनले अब एसिया प्यासिफिक क्षेत्रको स्थायीत्व र शान्ति स्थापनाका लागि आफुले जापानसँगै चीनको पनि साथ पाएको बताए ।

उनले अबका दिनमा अमेरिका–जापान–चीनबीच त्रिदेशीय साझेदारी आवश्यक रहेको पनि बताए।  ट्रम्पले यस विषयमा वास्तवमै प्रगति भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले निर्वाचनमा चीनले अमेरिकी अर्थतन्त्रमा प्रभाव पारेको बताउँदै दण्डात्मक कर लगाएर बेइजिङलाई दण्ड दिने बताएका थिए ।

चिनियाँ राष्ट्रपति सीले पनि शिखर बैठक निकै महत्वपूर्ण भएको बताउँदै न्यानो आतिथ्यका लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् ।

बेइजिङका सबैभन्दा शक्तिशाली नेता राष्ट्रपति सीले अमेरिकी समकक्षीलाई चीन भ्रमणको निमन्त्रणा दिएका थिए । यसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकार गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?