जापानको प्रसिद्द रक व्याण्डको कन्सर्टमा अचानक मान्छे बेहोस हुँदा ५० घाईते

जापान । जापानको चिवा क्षेत्रको कन्सर्ट कार्यक्रममा नाच्दै गाउँदै गरिरहेको बेला ५० जना भन्दा बढी व्यक्तिहरु घाईते भएका छन् । उनीहरु कन्सर्टमा रमाईरहेका बेला अनौठो प्रकार गर्मीका कारण बेहोस भएको टोक्योको प्रहरीले बताएको छ ।

बेहोस भएका १३ जनालाई तत्काल अस्पताल पुर्याईएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । चिवा क्षेत्रमा जापानको प्रसिद्द रक व्याण्ड ‘अन ओके रक ’ले शनिवार आफ्नो सांगीतिक प्रस्तुति गरिरहेको थियो ।

त्यहि बेला अचानक मानिसहरुमा गर्मि बढ्दै गएपछी कार्यक्रम स्थल छोड्दै मानिसहरु बाहिरिएका थिए । कन्सर्टमा उपस्थित एक युवतीका अनुसार कन्सर्ट स्थल अत्यन्त भिड र वातावरण धेरै नै गर्मीमय बनेको थियो । कार्यक्रम गरिरहेको बेला मानिसहरु अकस्मात बेहोस हुन थालेपछि कन्सर्ट रोकिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?