उत्तर कोरियालाई जापानको जवाफ : जहाज र बन्दरगाहमा थप प्रतिवन्ध

टोकियो । जापान सरकारले उत्तर कोरियामाथिको दुई एक तर्फी प्रतिवन्धकोअलवा थप दुई प्रतिवन्ध लगाउने भएको छ ।
जापान सरकारको शुक्रबार बसेकोमन्त्रिपरिषद् बैठकले उत्तर माथि थप दुई प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

जापानले उत्तरमाथि लगाएको व्यापार प्रतिवन्धका साथै उत्तर कोरियासँग भएकोपुँजीकृत सबै जहाज र बन्दरगहमाथिको प्रतिवन्ध लगाउने छ ।

अप्रिल १३ बाट समाप्त हुनलागेको प्रतिवन्धलाई थप गर्न मन्त्रिपरिषद्का सवै सदस्य सहमत भएका हुन् ।

जापानका विदेश मन्त्री फुमियो किशिदाले यी प्रतिवन्ध कडाइका साथ लागु हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?