जापानले भन्यो– अब त अती भो, चुप लागेर बस्दैनौं

टोकियो । उत्तर कोरियाले एक पछि अर्को क्षेप्याीत्र परिक्षण, त्यो पनि जापान सागरमै गर्न थालेपछि जापान आक्रोशित बनेको छ ।
मंगलबार अबेर उत्तर कोरियाले द सि अफ दि जापानमा क्षेप्यास्त्र प्रहार गरेपछि कोरियायी द्धिपमा तनाव मात्र बढेको छैन, सुमुद्री सुरक्षाको सवाल पनि उठेको छ ।

यहि सन्दर्भमा जापान सरकारले अत्तरले धम्क्याउन खाोजेको भन्दै त्यसको प्रतिकारमा उत्रने जनाउको छ ।
जापानको विदेश मन्त्रालयले बुधबार विज्ञप्ती मार्फत् उत्तरको यो गतिविधिको विरोध गरेको छ । साथै जापान सरकार उत्तर कोरिया माथि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको उल्लेख गरेको छ ।

उत्तर कोरियाले जापान, दक्षिण कोरिया र अमेरिका बीचको सैन्य गतिविधिको विरोध स्वरुप क्षेप्यास्त्र प्रहार गर्ने गरेको थियो भने यस पटक चिनियाँ राष्ट्रपति सि जिनपिङ अमेरिका भ्रमणमा निस्कीएको विरोधमा यस्तो गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?