जापानले दक्षिण कोरियामा फेरि राजदुत पठायो, कम्फर्ट वुमन विवाद समाधान तर्फ

जापान । जापानका विदेश मन्त्री फुमियो किशिदाले दक्षिण कोरियाका लागि जापानी राजदुतलाई पठाउने बताएका छन् । उनले विगत तीन महिनादेखि जारी राजनीतिक गतिरोधको अन्त्यका लागि आफुले यो कदम चाल्न लागेको बताए ।
युद्धकालीन कम्फर्ट वुमनको मुर्तीका विषयमा दुई देशबीच विवाद छ । किशिदाले राजदुत यासुमासा नागामिने र पुसानमा महाबाणिज्य दुतका रुपमा रहेका यासुहिरो मोरिमोतोलाई मंगलबार कार्यसुरु गर्न निर्देशन दिएका छन् ।
किशिदाले दक्षिण कोरियाकी अपदस्त राष्ट्रपति पार्क कुनेको गिरफ्तारी पश्चात् सरकारले राजदुतहरुलाई पठाउन लागेको बताए ।

उनले आफ्ना राजदुतहरुले कार्यवाहक राष्ट्रपतिसँग कम्फर्ट वुमेन सम्बन्धी सम्झौता कार्यान्वयनका लागि कुराकानी गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?