जालको पाँच वर्षे प्रतिवन्ध फिर्ता, अब टोकियोबाट न्युयोर्क सिधा उडान

टोकियो । जापान एयरलाइन्स (जाल) ले टोकियोको हानेदा विमानस्थलबाट न्युयोर्कको जोन एफ केनेडी विमानस्थलमा सिधा हवाई उड्ययन सुरु गरेको छ ।
जापानको परिवहन मन्त्रालयले जापान एयरलाइन्समाथि लागेको पाँच वर्षे प्रतिवन्ध फिर्ता लिएको छ ।

प्रतिवन्ध फिर्ता भएसँगै नयाँ उडान सुरु भएको हो । टाट पल्टीएपछि सात वर्ष पहिला जाललाई ३ अर्ब डलर सरकारी सहायता दिइएको थियो ।

यस पछि यसको निष्पक्षता सुनिश्चितताका लागि सरकारले यो विमान सेवालाई कार्गोमा सिमित गरिदिएको थियो ।
जापान एयरलाइन्सलाई अब नयाँ उडान सुरु गर्नका लागि लाइसेन्स दिइने छ । सरकारको यो निर्णयपछि जापानी विमान कम्पनीहरुका बीच थप प्रतिश्पर्धा हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?