जापानमा कामदार भन्दा रोजगारी बढी, बेरोजगारी दर घट्यो, जता पनि अवसर

टोकियो । जापानको बेरोजगारी दर २ दशमलव ८ प्रतिशतमा झरेको छ । यो दर पछिल्लो २२ वर्ष यताकै सबैभन्दा कम हो ।
आन्तरिक मामला मन्त्रालयले शुक्रबार यो वर्षको फेब्रवरीसम्म ६ करोड ४२ लाख भन्दा बढी मानिसहरुसँग रोजगारी रहेको जनाएको छ ।

यो संख्या अघिल्लो वर्षको तुलनामा ५ लाख १० हजार भन्दा बढी हो । यो दर ५० महिनादेखि यता लगातार बढीरहेको छ ।
बेरोजगारको संख्या साढे दुई लाख भन्दा कम भएको छ भने यो ८१ महिनादेखि लगातार घटीरहेको छ ।
मौसमका आधारमा समायोजित बेरोजगारी दर जनवरी महिनामा ० दशमलव २ अंक कम भएर २.८ प्रतिशत थियो । मन्त्रालयका अधिकारीहरुले जापानमा कामदारहरुको संख्यामा गिरावट आएका कारण काम पाउन सहज भएको बताएका छन् ।
श्रम मन्त्रालयले श्रम बजारमा आउन चाहने आवेदकहरुको जागीरको अनुपात जनवरीमा १.४३ प्रतिशत देखिएको जनाएको छ । यसको अर्थ १०० जना आवेदकलाई १४३ रोजगारी प्राप्त भएको अवस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?