बलात्कार आरोपमा चिवा विश्वविद्यालयमा अध्ययनरत तीन छात्र र एक चिकित्सकलाई जेल सजाय

जापान । जापानको चिवा विश्वविद्यालयमा अध्ययनरत दुई छात्रलाई बलात्कार आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ ।

गत वर्षको सेप्टेम्बरमा चिवाको एक घरमा युवतीलाई मदिरा सेवन गराएर जबरजस्ती बलात्कार गरेको आरोपमा उनीहरुलाई तीन वर्षको जेल सजाय र पाँच वर्षको निलम्वनमा राखिएको हो ।

चिवास्थित जिल्ला अदालतले उनीहरुलाई यस्तो सजाय सुनाएको हो ।
चिवा विश्वविद्यालयका २३ वर्षका  मेडिकल छात्र मिनेतो मसुदालाई बलात्कार आरोपमा र ३० वर्षीय चिकित्स युजी फुजीसाकालाई घटनाको मतीयारका रुपमा सजाय सुनाइएको हो ।

अदालतले उक्त विश्वविद्यालयका थप दुई छात्र मयासा योशिमोतो र केसुक यामादालाई पनि कारबाहकिो सिफारीस गरेको छ । उनीहरुले ती युवतीलाई जबरजस्ती मदिरा सेवन गराएको र बलात्कार गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?