जापानी मोबाइलको कम्पनीले थाल्यो भारतीय बजार कब्जा अभियान

टोकियो । चीन पछि भारत विश्वकै सबैभन्दा ठुलो इलेक्ट्रोनिक सामान खपत हुने देश हो ।
पछिल्लो समयमा विकसिन नयाँ नयाँ प्रविधिहरु यी देशहरुमा रुचाइएका छन् । यसै सन्दर्भमा जापानमा उत्पादीत एप भारतीय बजारमा लोकप्रिय बनाउने प्रयत्न सुरु भएको छ ।

मंगलबार र बुधबार भारतका विभिन्न स्थानमा जापानका यी एपहरु समेटीएको स्मार्ट फोन सार्वजनिक गरिएको छ ।
जापानको सबैभन्दा ठुलो इलेक्ट्रोनिक कम्पनी पानासोनीकले अत्याधुनिक प्रविधिको प्रयोगमा तयार पारिएको एप सहितको एउटा मोबाइल भारतमा लञ्च गराएको छ । उक्त मोबाइल अन्य एनरोइड मोबाइलको तुलनामा सस्तो र लोकप्रिय बन्न सक्ने अनुमान गरिएको छ ।
सन् २०१३ देखि अनुसन्धान गरि तयार पारिएको यो मोबाइलले भारतीय उपभोक्तालाई सन्तुष्ट पार्न सक्ने कम्पनीको विश्वास छ । यो कम्पनीले बहुराष्ट्रिय व्यापार मार्फत् जापान सरकारलाई अत्याधिक कर बुझाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?