टोकियो । जापानका डाक्टरहरुका अनुसार रातमा पटक पटक पिशाव गर्न उठिरहनुपर्छ भने उनीहरुले खानमा नुनको मात्रा कटौती गर्नु आवश्यक ।

यो समस्यालाई नोक्चुरिया भनिन्छ । यसले मानिस ६० वर्ष कटेपछि बढी प्रभावित पार्छ । यसबाट पीडित मानिसको निन्द्रा विग्रन्छ र मानिसको जीवनलाई समेत प्रभावित गर्छ ।
यो अध्ययन तीन सय भन्दा धेरै मानिसमा गरिएको थियो । शोधकर्ताले अध्ययनका क्रममा जसले नुनको मात्रा कम गरेका छन् उनीहरुलाई रातिको समयमा पटक पटक पिसाब फर्न उठ्न पर्ने समस्याबाट हल मिलेको छ ।
बेलायतका डाक्टरका अनुसार पनि सही खानपानले यस समस्यालाई कम गर्न सकिन्छ ।
नागासाकी विश्वविद्यालयका डाक्टरहरुले आफ्नो अध्ययनको नतिजालाई लण्डनको यूरोपियन सोसाइटी अफयूरोलोजीमा प्रस्तुत गरेका थिए ।
अध्ययनका क्रममा जो धेरै नुनको प्रयोग गर्छन उनीहरुलाई विरामीको रुपमा तीन महिनासम्म निगरानी गरिएको थियो । उनीहरु निन्द्राको समस्याबाट पीडित बनेका थिए ।
उनीहरुलाई खान पानमा नूनको मात्र घटाउन लगाइयो । यसपछि रातमा पटक पटक उठ्नु पर्ने बाध्यताबाट केही मात्रमा भए पनि छुटकारा भयो ।
अध्ययनमा संलग्न मात्सुओ तोमोहिरोले यसको पुष्टि गरे र यसका लागि थप अनुसन्धान जरुरी भएको बताए । उनले यसबाट बुढ्यौलीमा हुने समस्या हल हुने जनाए । उनले आहारमा हेरचाह गर्ने हो भने जीवनका कयौं मामलालाई ठिक रुपमा अगाडि लान सकिने बताए ।