श्रीमतीका कारण प्रधानमन्त्री आबेलाई तनाव, विपक्षीलाई के जवाफ दिने ?

टोकियो । जापानको विपक्षी दलले पश्चिम जापानस्थित आसाकामा सरकारी भुमीको विवादीत बिक्रिको सम्बन्धमा प्रधानमन्त्री सिन्जो आबेको श्रीमतीले बयान दिनुपर्ने माग गरेका छन् ।

उक्त जमिन विद्यालय सञ्चालक मोरिमोतो गाकुएनलाई गत वर्ष जमिनको वास्तविक मुल्य भन्दा निकै कममा बेचिएको थियो । सञ्चालकले यो स्थानमा एक प्राथमिक विद्यालय खोल्ने योजना बनाएका थिए ।
डेमोक्रेटिक, जापानी कम्युनिष्ट, लिबरल तथा सोसियल डेमोक्रेटिक पार्टीका साँसदहरुले यस विषयमा छलफल गरेका छन् ।

शुक्रबार अबेर बसेको यी पार्टीहरुको संसदीय मामलाका प्रमुखहरको बैठकले आबेकी श्रीमतकिो जवाफ माग गर्ने निर्णय गरेको हो ।

विपक्षी दलहरुको मोरितोमो गाकुएनका अध्यक्ष यासुनोरी कागोइकेले प्रधानमन्त्रीको पत्नीले जवाफ नदिएसम्म विरोधका कार्यक्रम जारी रहने बताएका छन् ।

प्रधानमन्त्री आबे भने यही विषयलाई लिएर तनावमा परेका छन् । उनले विपक्षीलाई दिने जवाफबारे तयारी गर्न श्रीमतीलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?