जापानको स्वास्थ्य मन्त्रालयले दियो खुसीको खबर, यसरी घट्दैछ जापानीहरुको आत्महत्या दर

जापान । उच्च आत्महत्या दरका बाबजुत पनि जापानका नागरिकहर आफ्नो जीवन सकारात्मक रुपमा जिइरहेका छन् ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार २१ हजार ८९७ मानिसले गत वर्ष आत्महत्या गरे । जुन आँकडा सन् २०११ को भन्दा ९ हजार कम हो ।

त्यसबेला ३० हजारले आत्महत्या गरेका थिए । गत वर्षको आत्महत्याको दर भने सन् १९९४ पछिकै कम हो । आत्महत्या गर्ने मध्ये १५ हजार १ सय २१ पुरुष र ६ हजार ७ सय ७६ महिला रहेका छन् ।

विज्ञहरुका अनुसार आत्महत्यामा कमी यसै कारणले आयो भन्ने अवस्था नरहेको जनाएका छन् । सरकारले आत्महत्यालाई गम्भीरताका साथ लिदैँ कमी ल्याउन केही पहल गरेको थियो । सन् २००६ देखि जागरुकता अभियान तथा धेरै ऋण लिने व्यवस्थालाई परिवर्तन गरेको थियो ।

यसलाई पनि आम रुपमा एक कारणको रुपमा लिइएको छ । सन् १९९८ मा आत्महत्या ३० हजार भन्दा बढी भएको थियो ।

जतिखेर जापानको अर्थतन्त्रमा मन्दी आएको थियो र जापानमा बेरोजगारीको दर समेत बढेको थियो । त्यो वर्ष प्रत्येक १० हजारमा २६ जनाले आत्महत्या गरेका थिए ।

सन् २००६ पछि जापानीको सामाजिक आर्थिक समस्या सम्बोधनको प्रभावकारी काम भएको, रोकथामको प्रयास गरिएका कारण युवा पुस्तामा आत्महत्याको दरमा कमी आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?