जापान–रुस ‘टु प्लस टु’ वार्ता : द्धिपमा रोकिएकालाई भिषा नलगाई जापान प्रवेशको ग्यारेन्टी

टोकियो । जापानका विदेश र रक्षा मन्त्री तथा रसीयाका विदेश र रक्षा मन्त्रीबीच दुई देश बीच देखिएको सीमा विवाद र विवादीत चार द्धिपमा संयुक्त आर्थिक गतिविधि सञ्चालन गर्नेबारे कुटनीतिक पहल गर्ने सहमति भएको छ ।

सोमबारदेखि टोकियोमा जारी दुई देशबीचको उच्चस्तरीय वार्ताका क्रममा विवादीत क्षेत्रको समस्या समाधान गर्न दुवै देशले उच्चस्तरीय पहल थाल्ने सहमति भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
वार्तालाई टु प्लस टु नाम दिइएको थियो । वार्ताका क्रममा विवादीत चार द्धिपमा सन् १९४५ देखि अलपत्र परेका जापानीहरुलाई विना भिषा जापान आउन दिने र पारिवारीक मिलनमा सहभागि हुन दिनेबारे छलफल भएको थियो ।

यसका लागि दुवै विदेश मन्त्रालयले विषेश पहल गर्ने सहमति भएको थियो ।
यस्तै उत्तर कोरियाले पछिल्लो समय गरि रहेको मिसाइल परिक्षण रोक्नका लागि अमेरिका र दक्षिण कोरियासँग जारी जापानको गठबन्धनलाई रुसले पनि सहयोग गर्ने र मिसाइल प्रतिरक्षा प्रणाली बलियो पार्ने बारेमा पनि छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?