टोकियो । जापानी सम्राट अकिहितोले साउदी अरबका राजा सल्मान बिन अब्दुल अजीजसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

जापान भ्मणमा रहेका अब्दुलले मंगलबार ककिहितोसँग भेटवार्ता गरेका हुन् ।
सम्राट अकिहितोले अब्दुललाई मुख्य गेट सम्म पुगेर स्वागत गरेका थिए ।
दुईजनाको करिब एक घण्टा वार्ता भएको थियो । अब उप्रान्त जापान भ्रमणमा आउने विशिष्ठ अधिकारीहरुलाई सम्राले भेट्ने छैनन् ।
उमेरका कारण उनले जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गरिरहेका छन् ।
साउदी अरबको शाही परिवारसँग जापानको विशेष सम्बन्ध भएकाले अब्दुलसँग भेट वार्ता गराईउको अधिकारीहरुले बताएका छन् । भेट वार्तामा अब्दुलले अकिहितोको स्वास्थ्य अवस्थाका बारेमा चासो लिएका थिए ।