जापान सरकारले बनायो नयाँ प्रणाली, अब उत्तर कोरियाली मिसाइलको कुनै डर छैन

टोकियो । जापान सरकारले उत्तर कोरियाली मिसाइल प्रणाली जापानको विशिष्ठ आर्थिक क्षेत्रमा खस्नु भन्दा २० मिनेट नै पहिला पत्ता लगाउने प्रविधि विकास गरेको छ ।

जापानले आफ्ना युद्ध विमानहरुलाई सतर्क गराउन र प्रतिरक्षाका लागि २० मिनेट प्रयाप्त हुने पनि बताएको छ । उत्तर कोरियाले गत सोमबार चार वटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो । जस मध्ये तीन वटा जापान सागरको आर्थिक क्षेत्र नजिकै खसेको थियो ।

सरकारी अधिकारीहरुले बताएका छन् कि सम्वन्धित स्थानमा जडान गरिएको रेडियोधर्मी केन्द्रहरुले प्रक्षेपण भैरहेको स्थान, निसाना विन्दु लगायतका बारेमा २० मिनेट पहिला नै सूचना दिनेछन् ।

जापान सागर वरिपरी तैनाथ रहेका जहाजहरुले विना तार यस बारेमा सूचना प्राप्त गर्दछन् र केन्द्रमा सूचना पठाउँदछन् । गत वर्षको अगस्टमा उत्तर कोरियाले जापानको आर्थिक क्षेत्रमा मिसाइल खसालेपछि यस्तो प्रविधिको विकास गरिएको थियो । यो प्रणाली प्रयोगमा आउनु पुर्व जडान गरिएको प्रविधिले भने एक घण्टामा सूचना दिने गर्दथ्यो ।

जापान सरकारले २० मिनेटमा सूचना दिने प्रणालीलाई अझै सुधार गर्ने र छोटो समयमै सूचना प्राप्त गर्ने प्रविधि ल्याउने प्रयत्नमा छ । साथै प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउदै लाने योजना जापान सरकारले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?