साउदी अरबका राजासँग जापानी प्रधानमन्त्रीको भेटवार्ता, आतंकवाद विरुद्ध सहयात्रा

टोकियो । जापानका प्रधानमन्त्री सिनजो आबेले जापानको भ्रमणमा रहेका साउदी अरबका बादशाहसँग टोकियोमा भेटवार्ता गरेका छन् ।

आबेले साउदीका राजा सलमान बिन अब्दुलअजीसँग सोमबार साँझ भेटवार्ता गरेका हुन् ।
आबेले भेटवार्ताका क्रममा अब्दुलको भ्रमण ऐतिहासीक भएको बताउँदै स्वागत गरेका थिए ।

आबेले साउदी र जापानबीचको सम्बन्धमा नयाँ पन आएको उल्लेख गर्दै पश्चिम एसियाको स्थिरताका लागि साउदीसँग सहकार्य गर्न जापान तयार रहेको बताउका थिए ।
राजा अब्दुलले आफु जापान आउन पाउनु आफ्ना लागि गर्वको कुरा भएको उल्लेख गर्दै उनले जापपानसँगको साउदीको सम्बन्ध ऐतिहासिक र आर्थिक सहयात्रकिा रुपमा रहेको बताए ।

उनले आतंकवाद विरुद्ध आफुहरु जापानसँग सहकार्य गरेर अघि बढ्न चाहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?