अब उत्तर विरुद्ध जस्तो निर्णय लिन पनि प्रधानमन्त्री आबेलाई छुट

टोकियो । जापानको संसदले उत्तर कोरियाको मिसाइल परिक्षणको विरोध र उन माथि लगाइने थप प्रतिवन्धबारेको एक प्रस्ताव पारित गरेको छ ।

कोरियायी प्रायद्धिपमा उत्तरका कारण तनाव बढ्दै गएपछि जापान उन प्रति थप अनुदार बनेको हो । जापानी रक्षा मन्त्रालयको प्रसतावमा उत्तर कोरिया विरुद्धको यस्तो प्रस्ताव पारित गरिएको हो ।
माथिल्लो संसदले प्रतिवन्ध लगाउनेबारेको पारित गरेको भोलिपल्टै तल्लो सदनले पनि विधेयक पारित गरेको हो ।

अब यो विधेयकलाई अनुमोदन गराइएपछि उत्तरको मिसाइल प्रणालीको विरोधमा जापानले जस्तो सुकै कदम पनि चाल्न सक्ने छ । प्रधानमन्त्री आबेले उत्तर विरुद्ध जस्तो सुकै कठोर कदम चाल्न पनि अधिकार पाउने छन् ।

जापानले यसबारे दक्षिण कोरिया र अमेरिकासँग पनि छलफल जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?