अझै छ आफन्त आउने आशा, मियागीमा ६ वर्ष पछि आफन्त खोज्दा आँशु धरर

जापान । भनिन्छ विश्वकै सबैभन्दा सफल र सक्षम प्रशासन अनि प्रविधि भएको मुलुक हो जापान । तर, प्रकृतिले बेला बेलामा दुःख दिइरहने मुलुक पनि हो यही जापान ।

सन् २०११ मा जापानमा आएको भूकम्प र त्यसले निम्त्याएको सुनामीका कारण हजारौं मानिस घरबार बिहीन भएका थिए ।
यहि बेलाको भूकम्प र सुनामकिा कारण जापानको पुर्वोत्तर सहर मियागी पनि ध्वस्त बन्यो । सुन्दर सहर क्षणभरमै कुरुप हुन पुग्यो ।

सुनामीका कारण यहाँको एक आश्रय स्थलका ७४ जनाले ज्यान गुमाएका थिए भने अझै पनि १९ जना हराइरहेका छन् ।

 

शुक्रबार मियागीको त्यउही स्थानमा एक कार्यक्रम गरि दिवंगतहरुको स्मरण मात्र गरिएन आफन्त हराइरहेका परिवारका करिब ५० जनाले उनीहरुको खोजी कार्य समेत गरे । निकै भावुक देखिने उक्त दृश्यले त्यहाँ उपस्थितहरुको आँखा रसाएको थियो ।

उनीहरुको खोजकिार्य पश्चात् सामुहीक प्राथना कार्यक्रम आयोजना गरिएको थियो, जहाँ उक्त सहरका मेयरले विपद् व्यवस्थापनबारे भैरहेका कामका बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?