जापान । उत्तर कोरियाली सेनाले एक साथ जापान र अमेरिकी सैन्य क्याम्पमाथि ब्यालेस्टिक मिसाइल आक्रमण गरेको छ ।

उत्तर कोरियाली सरकारी टेलिभिजनले बिहीबार यस्तो काल्पनिक समाचार बजाएको छ कि जसमा उत्तर कोरियाले जापानको ओकिनावास्थित अमेरिकी क्याम्प र जापानी सेनाको क्याम्पमा भिषण आक्रमण गरेको देखाइको छ । तर, यो काल्पनिक हो ।
उत्तर कोरियाली सेनाले वक्तब्य जारी गर्दै अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासको समेत विरोध गरेको छ । मार्च एक देखि यी दुई देशका बीच संयुक्त सैन्य अभ्यास चलिरहेको छ ।
उत्तर कोरियाले वक्तब्यमा भनेको छ कि जापानको ओकिनावास्थित क्याम्प जोगाउन अमेरिकाले दक्षिणसँग नाटक गरेको छ, तर हामी त्यो क्याम्पलाई यसरी उडाइदिन सक्छौं कि त्यहाँ कुनै चीज सुरक्षीत रहदैन ।
उसले अत्याधुनिक मिसाइल प्रतिरक्षा प्रणालीको बारेमा अमेरिकाले गफ दिइरहेको पनि उल्लेख गरेको छ ।