उत्तरकोरिया विरुद्ध अन्तराष्ट्रिय सहयोगको खाेजीमा जापान

जापान । जापानको तल्लो सदनले उत्तर कोरियाको उत्तेजनात्मक मिसाईल प्रक्षेपणको विरोध गर्दै कोरियाली गतिविधी विरुद्ध एक प्रस्ताव पारित गरेको छ ।

उत्तर कोरियाले सोमबार प्रक्षेपित गरेको व्लास्टिक मिसाईल जापानी समुद्रमा खसेपछि रूष्ट बनेकाे जापान सरकारले कोरियाली कदमकाे विरोध गर्दै सो प्रस्ताव पारित गरेको हो ।

प्रस्तावमा ब्लास्टिक मिसाईल प्रक्षेपण अन्तराष्ट्रिय समुदायका लागि एक खतरनाक संकेत भएको बताइएको छ । जापान सरकारले उत्तर कोरियाली कदमको अन्त्यका लागि अन्तराष्ट्रिय प्रयास मार्फत शान्तिपूर्ण ढङ्गबाट अगाडि बढ्ने प्रतिज्ञा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?