जापान । जापानको नागानो प्रान्तस्थित माउन्ट हाचिबुसेमा दुर्घटनाग्रस्त भएको हेलिकप्टरमा सवार सबैकाे मत्यु भएको छ ।

एक जना चालक, सात जना अग्नी नियन्त्रक र एक जना मर्मत सम्भार गर्ने प्राविधिक कर्मचारी चढेको सो सानो वायुयान आईतबार अपराह्न ३ः१० मा दुर्घटनाग्रस्त भएको थियो ।
स्थानीय सरकारको स्वामित्वमा रहेको यो हेलिकोप्टर नागानोको पहाडी इलाकामा दुर्घटना भएको र उद्धारकार्यमा कठिनाई भएको स्थानीय समाचारदाताहरुले बताएका थिए ।
हेलिकप्टर दुर्घटनामा परेका सम्पूर्णकाे उद्दार गरिएता पनि सवार नाै जनाकै मृत्यु भएको जानकारि दिदै प्रहरिले मृत्यु भएका मध्ये ४ जनाको परिचय नखुलेको बताएकाे छ ।