जापानी सागरमा उत्तर कोरियाले गर्यो मिसाइल आक्रमण, विश्व समुदायद्वारा विरोध

जापान । उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको छ र उक्त मिसाइल जापान सागरमा गएर खसेको छ ।

दक्षिण कोरियाका अधिकारीले बताएका छन् कि उत्तर कोरियाले परीक्षण गरेको मिसाइल जापानको समुद्रमा खसेको छ र मिसाइलका बारेमा विस्तृत केही जानकारी आउँदै छ ।

दक्षिण कोरियाका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार अमेरिका–जापानका बीचमा सैन्य गठवन्धन गर्ने निर्णयको विरोध स्वरुप यो मिसाइल परिक्षण गरिउको हो ।

चीनसँग सीमा जोडिएको तोङच्याङ–री क्षेत्रबाट गएको सोमबार उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

गएको महिना उत्तर कोरियाले नेता किम जोङ–उनको उपस्थितिमा नयाँ प्रकारको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको थियो ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि प्रकारको मिसाइल परीक्षण तथा आणविक प्रविधि प्रयोगमा प्रतिबन्ध लगाएको छ । तर उसले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

गएको महिना भएको मिसाइल परीक्षणको संयुक्त राष्ट्रसंघ, अमेरिका, दक्षिण कोरिया तथा जापानले निन्दा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?