जापानको मुद्रास्फितीमा वर्षकै पहिलो वृद्धि

जापान । जापानको आन्तरिक मामिला मन्त्रालयले २०१७ को जनवरिमा जापानको उपभोक्ता मुल्यमा आधारित मुद्रास्फिती (सीपीआई) झण्डै १ वर्षमै पहिलोपटक बढेको जानकारि दिएको छ ।

सो अवधिमा ताजा खाद्यान्नको अस्थिर मुल्य समावेश नभएको मुद्रास्फिति सूचक अघिल्लाे महिनाको तुलनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । त्यस अवधिमा उर्जा र तेलको भाउमा आएको सुधारले मुद्रास्फिति बढ्न सहयोग गरेको पुगेको जानकारिमा आएको छ ।

मन्त्रालयले जापानी येनको भाउमा आएको कमीका कारण आगामी दिनमा उपभोक्ता मूल्य बढ्ने क्रम जारी नै रहने जानकारि दिएको छ ।
अर्को तथ्याङ्कअनुसार जनवरीमा जापानको घरपरिवारको खर्च भने अघिल्लो वर्षको तुलनामा १ दशमलव २ प्रतिशतले घटेको छ ।

यो कमी लगातार ११औं महीनाको हो । उपभोक्ता खर्चले जापानको कुल गार्हस्थ्य उत्पादनको करीब आधा हिस्सा ओगट्ने गरेको छ ।
त्यस्तै बेरोजगारीको दर पनि २० वर्षकै न्यून बिन्दुमा ओर्लिएको थियो । डिसेम्बरमा ३ दशमलव १ प्रतिशत रहेको जापानको बेरोजगारी दर जनवरीमा भने ३ प्रतिशतमा ओर्लिएको थियो ।

जापानको कारखाना उत्पादनले भने जनवरीमा अनपेक्षित कमी बेहोरेको छ । सो अवधिमा कारखाना उत्पादन ६ महीनामा पहिलोपटक घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?