जापान सरकारले दियो उदयपुर र नुवाकोटका दुई परियोजना निर्माणका लागि अनुदान सहयोग

काठमाडौं । जापान सरकारले नेपालको पूर्वाधार विकासमा गर्दै आउको लगानीलाई बढाउन थालेको छ । विभिन्न परियोजनाहरुको विकासका लागि लगानी गर्दै आएको जापान सरकारले फेरि थप दुई परियोजनाका लागि लगानी गर्ने भएको छ ।

शुक्रबार उदयपुरको महिला सहकारी भवन निर्माणका लागि ८५ लाख र नुवाकोटको बालगृह निर्माणका लागि ८७ लाखको अनुदान सम्झौता भउको हो ।
उदयपुरका महिलाहरुको सहकारी तालिम केन्द्र निर्माणका लागि भएको सो सम्झौता पत्रमा पनि जापानी राजदूत ओगावा मासासी र सामाजिक विकास तथा जनजागरण केन्द्र उदयपुरकी अध्यक्ष गंगा राईले हस्ताक्षर गरिने ।
शुक्रबार नै नुवाकोट जिल्लामा बालगृह निर्माणको लागि ८७ लाख १४ हजार रकम बराबरको सहयोग सम्झौतामा हस्ताक्षर गरिएको थियो ।
नेपालका लागि जापानी राजदुत मासासीका र स्माइल नेपालका अध्ययक्ष राध]श पन्त विच सहयोग पत्रमा हस्ताक्षर भएको हो ।
। परियोजना अन्तरगत बालगृहमा १५ हजार भूकम्प पीडित बालबाललिकका साथै सडक बालबालिकले पनि अश्रय पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?