जापानी नागरिकद्वारा पाल्पामा बालविकास भवन निर्माणार्थ अार्थिक सहयाेग

जापान । नेपालस्थित पाल्पा जिल्लाकाे दुर्गम गाविस सलहकोट ८ थाममा जापानी नागरिकको सहयोगमा बालविकास केन्द्रको भवन निर्माण गरिएकाे छ । जापानी नागरिक ईति ओको, सहलकोट गाविस तथा स्थानीवासीहरुको संयुक्त लगानीमा सो भवन निर्माण गरिएको हो ।

दुई कोठे भवन निर्माणार्थ जापानी नागरिक ओकोले तीन लाख, सहलकोट गाविसले रु ५५ हजार दुईसय ६१ र स्थानीयवासीले रु ५५ हजार सातसय ८५ बराबरको श्रमदान गरी कुल रु चारलाख ११ हजार ४६ लगानी गरेका थिए ।

करिब दुई घण्टा टाढाको विद्यालयमा हिँडेर जान बाध्य भएका बालबालिकाले भवन निर्माण पश्चात घर नजिकैको बालविकास केन्द्रमा बसेर अध्ययन गर्न पाउने भएका छन ।

शिक्षा, स्वास्थ्य, सडक लगायतका आधारभूत सेवासुविधाबाट टाढा रहेका यहाँका स्थानीयवासीले नजिकै बालविकास केन्द्र, विद्यालय नहुँदा उनीहरुकै भविष्यकै निम्ति पनि गाउँ छोड्न बाध्य थिए ।

सानाे उमेर समूहका बालबालिकालाई दैनिक एक घन्टाको उकालो–ओरालो गरेर सहलकोट गाविस–९ को बालहित मावि आनन्दीभन्ज्याङमा पुग्न त्यति सहज थिएन । विद्यालय टाढा रहँदा अभिभावकले पनि बच्चाबच्ची विद्यालयसम्म पुयाउन निकै समस्या झेल्दै आएका थिए ।

बालविकास केन्द्रका अध्यक्ष तुलबहादुर कानुङले त्यहाँका स्थानीयवासी, अभिभावक, बुद्धिजीवी, समाजसेवी तथा सरोकारवालाको पहलमा सुविधासम्पन्न भवन निर्माण गर्न सफल भएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?