जापानमा अत्याधुनिक सेवा सुविधा भएकाे रेल सञ्चालन

जापान । आधुनिक र नयाँ प्रविधिको रेल  निर्माणमा वर्चस्व कमार्इरहेकाे जापानले  पुनःतिब्र गतिसंगै अत्याधुनिक सेवा सुविधा सम्पन्न रेल  संचालनमा ल्याएकाे छ

जापानका रेल निमार्ता कम्पनीहरु तीब्र गतिका रेल संगसंगै अत्याधुनिक सुविधा सम्पन्न रेल बजारमा ल्याएका हुन ।

जापानको रेल कम्पनी ओडाका इलेक्ट्रोनिक रेल वे ले बजारमा ल्याएकाे रेलले टोकियो, हाकोनीको हट स्प्रिङ रिसोट क्षेत्र, कानागावाको काटासी इनोसिमा स्टेशन र सिन्जुकी प्रान्तको गोटिम्बा स्टेसनका रुटमा सेवा दिने छ ।

बुधबारबाट सञ्चालनमा ल्याएको यस रेल पहिलाको रोमानिकार इएसइ एक्सप्रेस रेलकोे नयाँ स्वरुप रहेको रेल वेका अधिकारीले बताएका छन्।

यस रेलको विशेषतामा अत्याधुनिक स्नान कक्ष, धेरै यात्रुका लागि सिट, फ्रि वाई फाई हुनुका साथै अपाङगता मैत्र पनि रहेको अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?