जापान । जापान सरकारको आग्रह पश्चात दक्षिण कोरियाली सरकारले जापानी महावाणिज्य दूतावास अगाडि राखिएकाे कम्फर्ट वुमनको शालिक हटाउन सम्बन्धित निकायलाई अपिल गरेको छ ।

करिब दुर्इ महिना अघि देखि नै दक्षिण कोरियाका विभिन्न नागरिक समुहले दक्षिण कोरियाको बुशान तथा सिओल शहरस्थित जापानी महावाणिज्य दूतावास अगाडी दोस्रो विश्वयुद्धको समयमा जापानी सेनाद्वारा यौन दासी तथा उत्पीडन बनाइएका पीडित महिलाहरुको शालिक राख्दै आर्इरहेका छन ।
केहि दिन अघि जापानी विदेशमन्त्री फुमियो किशीदाले दक्षिण कोरियाली विदेश मन्त्री युन ब्योन्से समक्ष दक्षिण कोरियाको वुशान शहरस्थित जापानी महावाणिज्य दूतावास अगाडि राखिएको कम्फर्ट वुमनको शालिक हटाउन आग्रह गरेका थिए ।
ब्योन्सेले जापानी दूतावास अगाडी शालिक स्थापना गर्नु कुटनितीक रुपमा अस्वभाविक भएको भन्दै एक डकुमेन्ट मार्फत बुशानको स्थानिय सरकारलाई शालिक हटाउन आग्रह गरेका हुन् ।