जापान । जापानको उत्तरी प्रान्त स्थित होक्काईडोमा राष्ट्रिय ‘डग स्लेड रेस’ प्रतियाेगिता सुरु भएको छ ।

यस वर्षको प्रतियोगितामा सहभागी १२० कुकुरहरुलाई ९० समुहमा विभाजन गरिएको छ । दुई दिन सम्म संचालन हुने साे प्रतियोगितालाई ८ भागमा विभाजन गरिएको छ ।
डग स्लेड रेसमा शनिबार सहभागी भएका प्रतियाेगिहरूले तिव्र वेगमा चलेको हावाका कारण निक्कै समस्या भएको प्रतिक्रिया दिएका छन् ।