जापान । जापानमा दुई वर्षदेखि धर्मपुत्र/धर्मपुत्रीका पाल्ने मानिसकाे अभाव भएका कारण करिब ३ सय भन्दा धेरै टुहुरा बालबालिका वेवारिशे बनेका छन्।

जापानी कल्याण मन्त्रालयले आफ्ना आमाबाबुबाट सहमति प्राप्ती हुन नसकेपछि बालबालिका वेवारिशे बनेका जानकारि दिएकाे छ ।
जापानमा धर्म पुत्र/धर्म पुत्रिका पाल्न उनीहरुको बाबु आमाको स्विकृति आवश्यक पर्छ । यसका लागि जापान सरकारले सजिलै सहमति पाउने सहज वाताबरण निमार्ण गर्ने तयारी गरिरहेकाे छ ।
जापानमा ६०१ बालबालिकालाई जापानीहरुले दुई वर्षको अवधिमा आफ्ना सन्ताको रुपमा अपनाएका छन् ।