११ वर्षिय छोरालाई चक्कु प्रहार गरि आमाले गरिन् आत्महत्या

जापान । जापानमा एक महिलाले आफ्नो ११ वर्षिय छोरोलाई छुरा प्रहार गरि आफूले आत्महत्या गरेकी छिन् ।

एक महिलाले आफ्नी ३९ वर्षीय छोरी र ११ वर्षिय नातिलार्इ  घाइते अवस्थामा फेला परेपछि टाेकियाे प्रहरीलाई खवर गरेकी थिइन् । चक्कु प्रहारबाट घार्इते भएका छाेराले अाफुलार्इ अामाले चक्कु हानेकाे बयान दिएका छन्।

घाइते भएकी महिलालार्इ अस्पतालले मृत घोषणा गरेकाे हाे ।

उनको अवस्था  स्थिर रहेको बताउदै प्रहरिले  मृतक महिला मानसिक रुपमा अस्थिर भएको पुष्टि गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?